
काठमाडौँ । नेपालमा थप ३२ जना कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ जना मा कोरोना संक्रमण देखिएको छ। यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना गरी थप ३२ नयाँ संक्रमित पहिचान भएको हो।
यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ। यस्तै ३ जना संक्रमितको मृत्यु भैसकेको छ भने ७० जना संक्रमित उपचार पछि निको भएका छन् ।

