
पोखरा । कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित, ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने युकेमा २ लाख ५४ हजार १९५ र ३६ हजार ३९३ ले मृत्य र नेपालमा पनि ५४८ जना संक्रमित र ३ जनाको मृत्यु भईसकेको अवस्थामा युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टरले पोखराका असहाय, अपांग र बुद्ध शिक्षार्थीलाई कोरोनाको कहरको अवस्थामा राहातका लागि रकम हस्तान्तरण गरिएको हो।
डाइमण्ड बुद्धिष्ट सेन्टर युकेले पोखरामा रहेका अपांगता र असहाय साथै बौद्ध अघौं सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई राहत सहयोगका लागि २ लाख ७६ हजार ४८४ रुपैया हस्तान्तरण गरेको हो।
शनिवार पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा आयोजित कार्यक्रममा समस्यामा रहेका अपांग असहायका लागि राहत वितरण गर्नका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङ, डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उहाँको धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले २ लाख २६ हजार ४८४ रुपैया हस्तान्तरण गरेका थिए ।
यसरी नै बौद्ध अर्घौ सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई खाद्यान्नका लागि डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट ३० हजार र साउथ इष्ट रिजनल तमु धि युकेद्धारा २० हजार गरी ५० हजार गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा गुरुङलाई डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उनको धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले हस्तान्तरण गरेका थिए ।
डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङको संयोजकत्वमा एक हप्तासमयावधिमा सेन्टरका सदस्यहरुबाट संकलित उक्त रकम जन्मभुमि नेपाल पोखरामा समस्यामा परेका असहाय, अशसक्तहरुका लागि थोरै भने पनि मल्हम पट्टि लगाउन आफुहरुले राहत रकम पठाएको डिबीसीका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए ।
आफुहरु कोरोनाले अत्यन्तै आक्रान्त युकेमा रहे पनि जन्मभुमिका असहायका लागि संस्थागत सामाजिक उत्तरदात्वि महसुस गरी डिबीसीले सहयोग गरेको महासचिव योगेश गुरुङले बताए । देश दुख्दा, परदेशमा रहेका आफुहरुलाई पिडा हुने भएकाले पिडामा थोरे भए पनि साथ दिएको उनको भनाई छ।
यसरी नै उक्त कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी कार्यालय सचि मिरा गुरुङलाई डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङले ५ हजार र प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा राहत कार्यक्रममा नेपाल संयोजक चिजकाजी गुरुङले २ हजार रुपैया सहयोग हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा डाइमण्ड बुद्धिष्ट सेन्टरका मण्डप सचिव चन्द्र गुरुङले युकेमा स्थापना गरेको संस्था डिबिसी मार्फत पोखरामा असहाय, अपांगहरुलाई राहत प्रदान गर्न सहयोग गर्न पाउदा मनमा शान्ति मिलेको बताए ।
बैद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङले कोरोनाको महामारीमा असहाय अपांग र बुद्ध शिक्षार्थीलाई सहयोग गरेकोमा डिबीसीलाई धेरै धेरै धन्यवाद र पुण्य प्राप्ति गर्नुभएको बताए । दुखीको आत्माले राहत प्राप्त गर्दा उनीहरुको सन्तुष्टिले सहयोगदाताहरुलाई पुण्यलाभ हुने बताए ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरङले डाइमण्ड बुद्धिष्ट सेन्टरको असल कर्ममा आफहरुलाई माध्यम बनाएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्नुहुदै प्राप्त राहत रकमबाट अति समस्यामा परेको अपांग असहायलाई तत्काले राहत वितरण गरिने बताए ।
प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा राहत कार्यक्रमका संयोजक चिजकाजी गुरुङले डिबीसीबाट प्राप्त राहत रकमबाट करिब एक सय जना अपांग असहायलाई एक एक बोरा चामल, दाल, तेल, नुन वितरण एकदुई दिनमै वितरण गर्ने जानकारी दिए ।
केही महिना अघि भुपू खेलाड मञ्चद्धारा पोखरामा आयोजित अन्तराष्ट्रिय म्याराथन भव्यताका साथ सम्पन्न गर्न र म्याराथनमा आफै सहभागी हुनडाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङसहितको टिम नै युकेबाट पोखरा आएका थिए । उक्त अवसरमा पनि अभियन्ता गुरुङले म्याराथन सफल बनाउन मातृभुमिका लागि अभियान गरी ७ लाख ५१ हजार रुपैया हस्तान्तरण गरेका थिए । यसरी नै भुकम्पको पिडामा सिन्धुपाल्चोक जिल्लाको हैबुङमा विद्यालय निर्माणका लागि उनको विशेष भुमिका सहितको योगदानको जति प्रसंसा गरे पनि कमि नै हुन्छ।

