विश्वभर ५४ लाख बढी कोरोना संक्रमित, ३ लाख ४३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ लाख ३ हजार ९७९ पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार ३ लाख ४३ हजार ९ सय ७५ जनाको मृत्यु भएको छ भने विश्वभर २२ लाख ४७ हजार २ सय ३७ जना संक्रमित निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १६ लाख ६६ हजार ८ सय १ पुगेको छ भने मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ।

यस्तै रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको मृत्यु भएको छ। बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित छन्। त्यहाँ २८ हजार ६ सय ७८जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन्। त्यहाँ ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।

यता छिमेकी देश भारतमा संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ। त्यहाँ ३ हजार ८ सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: