
पोखरा । पोखरामा सोमबार एक व्यक्ति मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका १८ सेदी स्थित निर्माणाधिन अन्नपूर्ण केबलकार नजिकै बन्दै गरेको अपार्टमेण्टमा काम गर्ने कञ्चनपुर पुनर्बास नगरपालिका २ का ४५ वर्षीय पदम लामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
सोमबार विहान करिव १०ः५० बजेको समयमा काम गर्ने क्रममा अचानक ढलेका उनको मृत्यु भएको जनाइएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
