
पोखरा । पोखरामा हातखुट्टा धुने क्रममा नदिले बगाउदा एक जनाको मृत्यु भएको छ ।
आज (मंगलबार) बिहान ११ः४० बजे पोखरा महानगरपालिका–१ गाइघाट स्थित सेती नदीको किनारमा हातखुट्टा धुने क्रममा चिप्लीएर नदिले बगाउदा स्थानीय शान्तिचोकका ६५ बर्षीय मान बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीले बगाएको थाहा पाएपछि उनको उद्धार गर्ने क्रममा सोही स्थान कै काली खोला र सेती खोलाको विचको खोचमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
