विश्वमा कोरोनाबाट ३ लाख ५२ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २२५ पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ५६ लाख ८४ हजार ७९५ पुगेको छ भने २४ लाख ३० हजार ५९३ संक्रमित संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिकामा हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या एक लाख ५ सय ४५ पुगेको छ। त्यहाँ संक्रमित संख्या १७ लाख २५ हजार ३ सय ४७ पुगेकोे छ ।

यस्तै ब्राजिलमा ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमित छन् भने त्यहाँ २४ हजार ५ सय १२ जनाको मृत्यु भइसकेको छ । रुसमा ३ लाख ६२ हजार ३ सय ४२ संक्रमित छन् । त्यहाँ ३ हजार ८ सय ७ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा २७ हजार १ सय १७ संक्रमितको ज्यान गएको छ। त्यहाँ २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। बेलायतमा संक्रमित संख्या २ लाख ६३ हजार २ सय २७ पुगेको छ भने त्यहाँ ३७ हजार ४८ जनाको मृत्यु भइसकेको छ।

यता छिमेकी देश भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ। सर्वधिक संक्रमण फैलिएका देशको सूचीमा १० औं स्थानमा परेको भारतमा अहिलेसम्म एक लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४ हजार ३ सय ४९ जनाको संक्रमणपछि मृत्यु भएको छ भने ६४ हजार २ सय ७७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: