वीरगंजमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज

Share:

वीरगंज । वीरगंजस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उनीहरु मंगलबार राति साढे १० बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ भने ४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: