नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८८६ पुग्यो

Share:

काठमाडौँ । नेपालमा आज बुधबार थप ११४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लामा गरी ११४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन्।

धरानस्थित प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरीका ११ जना, कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौडास्थित प्रयोगशालामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये हेटौडाका १ जना र रौतहटका ७ जना रहेका छन् ।

यस्तै, पोखरास्थित प्रयोगशालमा गरिएको परिक्षणमा बाग्लुङका ६ जनामा संक्रमण देखिएको छ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रयोशालामा गरिएको परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये रुकुम पूर्वमा ३ जना र दाङका १५ जना छन् ।

भेरी अस्पतालको प्रयोगशालाबाट गरिएको परिक्षणमा बाँकेका १६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३८ जनामा संक्रमण देखिएको छ । जसमध्ये सिराहाका २ जना, बाराका ७ जना र रौतहटका २९ जना रहेका छन् ।

योसहित नेपालमा संक्रमित हुनेको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये १ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: