जाजरकोट घटनाको दोषिलाई कारवाही गर्न तनहुँका दलित पत्रकारहरुको माग

Share:

तनहुँ । अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै जाजरकोटमा नवराज बिक लगायत ४ जनाको ज्यान जाने गरि भएको घटनामा दोषीलाई कारबाही गर्न राष्ट्रीय दलित पत्रकार संघ तनहुँले माग गरेको छ ।

बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै यहाँका दलित समुदायका पत्रकारहरुले दलित समुदाय माथी हुने भेदभाव सैह्य नहुने बताएका छन् । प्रमुख जिल्ला अधिकारी अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै संघका अध्यक्ष सानेबहादुर नेपालीले मानव सभ्यताको पहिचान जाजरकोटमा भएको घटनाले मेटाइदिएको दाबी गरे । अध्यक्ष नेपालीले दलित समुदायको युवाले अन्तरजातिय विवाह गर्न खोज्दा भएको रणसम्भारले गणतान्त्रिक राज्यको धज्जी उडाएको बताए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी पण्डितले ध्यानाकर्षण पत्र सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता जनाउँदै मानव समाजले कल्पना समेत गर्न नसक्ने घटना घटेको बताए ।

ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समितीका उपाध्यक्ष पुर्ण बिके, जिल्ला उपाध्यक्ष शालिकराम सुनार, सचिब अशोक बिश्वकर्मा, कोषध्यक्ष सबिता बिश्वकर्मा, सुरेश सुनार, कोपिला सुनार, सन्तोष बिक, बिकास सुनार, देव गजमेर लगायत जिप्रकामा पुगेका थिए ।

गत शनिबार कथित ठकुरी समुदायकि आफ्नो प्रेमिकालाई बिहे गर्ने भन्दै साथिहरु सहित पुगेका नबराज बिकलाई पिटिपिटी हत्या गरिएको थियो । सो घटनामा बिकका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो भने अन्य २ जना अझै बेपत्ता रहेका छन् । शव फेला परेका मध्ये लोकेन्द्रलाई बाँधेर पिटिएको र हत्यापश्यात खोलामा फालिएको खुलासा भएको छ । उहाँको शव डोरिले हात खुट्टा र शरिर बाँधिएको अवस्थामा बुधबार फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: