
पोखरा । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
ललितपुरको किस्ट मेडिकल कलेजमा जेठ १४ गते मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्। मृतक पुरुष कलेजोका बिरामी थिए।
यस्तै यस्तैै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आज (बिहीबार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमध्ये पुरुष ९४० जना र महिला १०२ जना रहेको मन्त्रालयले जनाएको छ ।
आज सप्तरी, झापा, नवलपुर, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिराहा, दोलखा, सोलुखुम्बु, सुर्खेत, बझाङ, दैलेख, स्याङ्जा, दार्चुला, कैलाली, मकवानपुर, बर्दिया, नेपालगञ्ज र बाँकेका गरी १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिएका छन्।
धरानस्थित प्रयोगशालामा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सप्तरीका हुन् ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् ।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नवलपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौँ स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना रहेका छन् ।
सुर्खेतको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सुर्खेतका १३ जना, बझाङका १ जना, दैलेखका ८ जना र १ जना बोल्न नसक्ने रहेको बताइएको छ ।
यता पोखरास्थित प्रयोगशालमा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै स्याङ्जाका हुन्।
सेती अस्पतालमा गरिएको परिक्षणमा ३ जनामा कोरोना देखिएको छ । जसमध्ये दार्चुलाका १ जना र कैलालीका २ जना रहेका छन् ।
हेटौडास्थित प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुर हेटौडाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बर्दियाका ३ जना नेपालगञ्जका १ जना र बाँकेका १ जना रहेका छन् ।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै रौतहटका छन् ।
नेपालमा अहिलेसम्म १ सय ८७ जना कोरोना संक्रमित भने संक्रमणमुक्त भएका छन् ।
