सर्वाधिक कोरोना संक्रमण देखिएका देशको सूचीमा भारत नवौं स्थानमा

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण देखिएका देशको सूचीमा भारत नवौं स्थानमा आइपुगेको छ।

भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ६५ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ मृत्यु हुनेको संख्या पनि ४ हजार ७ सय ११ पुगेको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ५८ लाख १० हजार १०७ पुगेको छ । यस्तै विश्वमा ३ लाख ५७ हजार ८ सय २६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २५ लाख १३ हजार ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: