विश्वमा कोरोना संक्रमितको संख्या ६० लाख ३० हजार नाघ्यो, ३ लाख ६६ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६० लाख लाख ३० हजार नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ६० लाख ३० हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै विश्वमा ३ लाख ६६ हजार ८ सय ९ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २६ लाख ५९ हजार २५० जना उपचारपछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या १७ लाख ४५ हजार ६ सय ६ जना पुगेको छ । त्यहाँ १ लाख २ हजार ७ सय ९८ जनाको संक्रमण पछि मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ४ लाख ६५ हजार १ सय ६६ पुगेको छ भने त्यहाँ २७ हजार ८ सय ७८ जनाको संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलपछि रुसमा ३ लाख ८७ हजार ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायतमा संक्रमित संख्या २ लाख ७२ हजार ६ सय ७ पुगेको छ भने त्यहाँ ३८ हजार २ सय ४३ को मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख ३८ हजार ५ सय ६४ पुगेको छ भने त्यहाँ २७ हजार १ सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।

इटालीमा संक्रमित संख्या २ लाख ३२ हजार २ सय ४८ पुगेको छ भने ३३ हजार २ सय २९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८६ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ २८ हजार ७ सय १७ जनाको संक्रमणपछि मृत्यु भएको छ।

यता छिमेकी देश भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ४ हजार ९ सय ८० जनाको संक्रमणपछि मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: