देशभरको मौसम बदली : केही स्थानमा पानी पर्ने सम्भावना

Share:

पोखरा । आज (शनिबार) देशका धेरै ठाउँको मौमस सामान्य बद्ली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र न्यूनचापीय रेखासँगै स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली रहने जनाइएको छ ।

आज दिउँसो देशभर सामान्य बदली सँगै केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: