नेपालमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा हिजो (शनिबार) बिहान मृत्यु भएका ३५ वर्षीय पुरुषको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार बेलुका प्रेस विज्ञप्ति सार्वजनिक गरेर सो कुराको जानकारी दिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: