असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

Share:

काठमाडौँ । आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तह,संघ तथा प्रदेशलाई आह्वान गरेको छ। आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न यस्तो निर्णय लिनुपरेको बताइएको छ ।

विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न दूर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: