गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या २७ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नवलपरासी कावासोती नगरपालिकाको क्वारेन्टिनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

जस मध्य नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाका वर्ष २२ र ३६ का २ जना पुरुष र नवलपुर बिनयत्रिवेणी गाउँपालिकाका वर्ष १४ का १ जना पुरुष रहेका छन् ।

संक्रमितहरुलाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

गण्डकी प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ६ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८ जना पुरुष तथा १ महिला, लमजुङका १ जना पुरुष, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: