
काठमाडौँ । विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या अहिलेसम्म ६४ लाख ८५ हजार ५ सय ७१ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ३ लाख ८२ हजार ४ सय १२ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । यस्तै विश्वभर ३० लाख २३ हजार ६ सय ३८ जना उपचार पछि संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा १८ लाख ३१ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख ६ हजार १ सय ८० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ५ लाख ५५ हजार ३ सय ८३ पुगेको छ । त्यहाँ ३१ हजार १ सय ९९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। रुसमा ४ लाख २३ हजार १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ९२ पुगेको छ । त्यहाँ ३९ हजार ४ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ । स्पेनमा २ लाख ३९ हजार ९ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ३३ हजार ५ सय ३० जनाको मृत्यु भइसकेको छ।
यता छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार १ सय ८३ पुगेको छ। त्यहाँ ५ हजार ८ सय २९ जनाको संक्रमणबाट मृत्यु भएको छ।
