गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका ३, स्याङ्जामा १० र पूर्वीनवलपरासीमा ३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

हालसम्म गण्डकी प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

हालसम्म प्रदेशको बागलुङमा १९ जना, स्याङ्जाका २३ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १३ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका १ जना र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना निको भई घर फर्किसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: