
काठमाडौँ । नेपालमा आइतबार थप २१३ जनामा कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएर घर फर्किएका छन्। विपी कोइराला प्रतिष्ठान धरानबाट १२ जना, कैलाली अस्पतालबाट ३४ जना, कोभिड–१९ हस्पिटल युनिफाइट बलम्बुबाट १ जना, बुटवल स्थित आइसोलेसन सेन्टरबाट २७ जना, कोरोना विशेष अस्पताल दाङबाट १० जना, गौरका नर्सिङ इन्सिच्युटबाट १८ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका हुन् । हालसम्म निको हुनेको संख्या ४६७ पुगेको छ।
नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको भने मृत्यु भइसकेको छ।
