आँधीखोला गाउँपालिकाद्वारा व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम सम्पन्न

Share:

पोखरा । कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागी आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम गरेको छ। गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड अनुसार २२ जना कृषक छनोट गरिएको थियो ।

कृषि शाखाको आयोजनामा आज एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्षले नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए।

आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी जम्मा २२ जना व्यावसायिक कृषक छनौट गरेर पुरस्कार प्रदान गरिएको आँधीखोला गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताए।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: