कुवेतबाट आममाफी पाएका नेपालीहरू आज ल्याईंदै

674
0
Share:

काठमाडौँ । कुवेतबाट आममाफी पाएका करिब ३ सय नेपालीहरू आज स्वदेश फर्किने भएका छन्। कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो।

उनीहरु बुधबारै स्वदेश फर्किने भनिए पनि अन्तिम समयमा कार्यातालिका परिवर्तन भएको थियो।

कुवेत सरकारले डेढ महिनाअघि देखि आममाफी पाएका नेपालीलाई सेल्टरमा राखेको छ।

उनीहरुलाई नेपाल ल्याउन कुवेत सरकार नेपाल सरकारसँग आग्रह गरेको थियो। तर सरकारले हालसम्म आफ्नै पहलमा कसैलाई पनि नेपाल भित्र्याएको छैन। उनीहरू सबैको नेपाल आउने टिकट खर्च कुवेत सरकारले नै व्यहोर्ने भएको छ।

यसअघि म्यानमार र युएईले केही नेपालीलाई काठमाडौँ ल्याइदिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: