
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएको छ।
उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बारा निजगढ ६ का ५ बर्षीय बालकको गत जेठ ३० गते शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ जना पुगेको छ।
