विश्वमा कोरोनाबाट ७९ लाख संक्रमित, ४ लाख ३३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ७९ लाख पुगेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ४ लाख ३३ हजार १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै विश्वमा ३७ लाख ६८ हजार ९०१ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा सर्वाधिक २० लाख ९३ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक १ लाख १५ हजार ७ सय २९ छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ८ लाख ६७ हजार ६ सय २४ पुगेको छ । त्यहाँ ४३ हजार ३ सय ३२ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा ५ लाख २८ हजार २ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।

यता छिमेकी देश भारतमा ३ लाख २० हजार ९ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ९ हजार १ सय ९५ जनाको मृत्यु भएको छ।बेलायतमा २ लाख ९७ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४१ हजार ७ सय ८३ जनाको संक्रमण बाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: