गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, सबै भारतबाट फर्किएका नागरिक

Share:

पोखरा । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा बुधबार विहान जारी गरिएको सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार पर्वत फलेवास नगरपालिका १९ र २१ वर्षीय २ जना पुरुष तथा ४६ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएकोे छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्वका हुप्सेकोट गाउँपालिका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, २४, २१ र १८ वर्षका १४ जना पुरुष तथा मध्यबिन्दु नगरपालिकाका १६ र ३० वर्षका २ पुरुष र कावासोती नगरपालिकाका ३७ बर्षीय पुरुष तथा पालिका नखुलेका २७ बर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको बताइएको छ । उनीहरु सबै भारतबाट फर्किएका सूचनामा उल्लेख गरिएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ४७ पुगेको छ। संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: