
काठमाडौँ । नेपालमा थप ५ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ४० महिलासहित ५ सय ४६ जनामा कोरोना संक्रमण पुष्ट भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा महोत्तरीमा २०० जना, झापा २ जना, रौतहटका १२७ जना, प्युठानका ३८ जना, बर्दियाका ३१ जना, गुल्मी २६ जना, सुर्खेत २ जना, धनुषाका २६ जना, सल्यानका २५ जना, कैलाली १ जना, नवपलुरका १७ जना, कालीकोटका १४ जना, अर्घाखाँचीका १२ जना र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गरी मोरङका ९ जना, दाङका ८ जना, बारा, कञ्चनपु ७ जना, रुपन्देहीका ७ जना, सर्लाहीका ६ जना, उदयपुरका ४ जना, पर्वतका ३ जना, दैलेखका २ जना, सिराहा १ जना र बाँकेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
थप एक संक्रमितको मृत्यु
नेपालमा थप एक जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।
थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भएको थियो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिएका छन् ।
यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
थप ९ जना संक्रमणमुक्त
यसैगरी बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।
यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ ।
