विदेशमा ज्यान गुमाएका २३ नेपालीको शव नेपाल ल्याइयो

Share:

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज (शुक्रबार) नेपाल ल्याइएको छ।

शुक्रबार दिउँसो कतार एयरवेजको जहाजबाट २० जनाको, कुवेतबाट आएको जजिरा एयरले २ नेपालीको शव र दुबईबाट आएको हिमालय एयरलाइन्सले एकजनाको शव ल्याएको हो।

यसअघि विभिन्न कारणले यी शवहरु ल्याउन सकिएको थिएन ।

यो पनि पढ्नुहोस् :
आज कतारबाट २० जना नेपालीको शव ल्याइँदै

कमेन्ट गर्नुहोस्
Share: