सुनको मूल्य तोलामै ९१ हजार पुग्यो

Share:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलाको ९१ हजार पुगेको छ । सोमबार सुनको मूल्य तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै हो ।

आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । यो मुल्य आइतबारको मुल्यभन्दा ४ सयले बढी हो ।

यस्तै चाँदी तोलाको ९ सय ५० मा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि हो ।

लकडाउनका कारण तीन महिना बन्द भएको सुन चाँदी व्यवसाय अघिल्लो साता खुले देखि सुनको भाउमा लगातार वृद्धि भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: