
काठमाडौँ । नेपालमा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४ जना महिला र ४६१ जना पुरुष गरी ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मोरङका १२ जना, सप्तरीका १४ जना, झापाका ३ जना, धनुषाका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २ जना, सिराहाका २३ जना, स्याङ्जाका २० जना, पाल्पाका ९० जना, प्यूठानका ३० जना, रौतहटका ३४ जना र रुपन्देहीका १२ जनामा कोरोना संक्रमण देखिएकोे हो।
यस्तैगरी चितवनका ५ जना, नवलपरासी पूर्वका २४ जना, ओखलढुंगाका १ जना, गुल्मीका ५५ जना, स्याङ्जाका ३३ जना, तनहुँका ११ जना र दाङका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २३ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
थप ३७० जना कोरोना संक्रमणमुक्त
नेपालमा सोमबार थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखका २६५, सल्यानबाट ३७ नारायणी ११, धादिङ १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।
योसहित नेपालमा हालसम्म जना २ हजार १ सय ४२ उपचारपछि निको भएका छन्।
