पोखराका एक पुरुषसहित गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्की पोखराका एक जनासहित गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका एक ४५ बर्षीय पुरुषसहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बेलुका तनहुँका १६ जना पुरुष तथा एक महिला, स्याङजाका ८ जना पुरुष तथा एक महिला, बागलुङका ८ जना पुरुष, गोरखाका ९ जना पुरुष तथा २ महिला, लमजुङका ४ जना पुरुष तथा एक महिला  र  पर्वत, नवलपुर तथा कास्कीका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल क्वारेन्टीनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।

यस अघि सोमबार बिहान पनि स्याङजाका १० जना पुरुष तथा २ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८ पुरुष गरी २० जनामा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेशका ४९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: