नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११० महिला र ५१९ पुरुष गरी ६ सय २९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका २१ जना, अछामका २३ जना, बैतडीका ४ जना, बाजुराका ८ जना, डोटीका ४८ जना, कैलालीका १५१ जना, कन्चनपुरका ८६ जना, रौतहटका ४४ जना, धादिङका २ काठमाडौँका १ जना, चितवनका १ जना, पाल्पाका १५ जना, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कास्कीका ९ जना, पर्वतका ३ जना, तनहुँका १ जना, नवलपरासी पूर्वका ५ जना, गोरखाका ३ जना, बाग्लुङका ९ जना, लम्जुङ ५ जना, स्याङ्जाका ७ जना, गुल्मीका ५ जना, कपिलवस्तुका १ जना, रुपन्देहीका १ जना, बाँकेका ९ जना, बर्दियाका १ जना, दाङका ७६ जना, प्युठानका १० जना, जाजरकोटका १ जना, सुर्खेतका १४ जना, दैलेखका ४ जना, कालिकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ।

हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो।

हालसम्म २४ जना को भने कोरोना संक्रमणबाट मृत्यु भएको छ।

थप १ सय १४ जना कोरोना संक्रमणमुक्त

बुधबार थप ११४ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा पटक ८ महिला र १०६ जना गरी ११४ जना निको भएका हुन्।

नीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । योसहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: