पर्वतमा एक व्यक्ति आफ्नै कोठामा मृत फेला

Share:

पर्वत । पर्वतमा बुधबार एक व्यक्ति आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

आज विहान ०८ः२० बजे पर्वत जलजला गाउँपालिका–८ फर्से बस्दै आएका पूर्व घर बताउने अंन्दाजी ५६ वर्षीय महेन्द्र राई मृत फेला परेका प्रहरीले जनाएको छ । स्थानिय भरत सापकोटाको घरमा कोठा लिई बस्दै आएका राई ज्याला मजदुरी काम गर्दै आएको जनाइएको छ ।

मृतक राई हिजो राती खाना खाई आफ्नै कोठामा सुतेकोमा विहान हेर्दा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: