देशभरको मौसममा पूर्ण बदली, अधिकांश स्थानमा ठूलो पानी पर्ने

549
0
Share:

काठमाडौँ । आज (शुक्रबार) देशभरको मौसममा पूर्ण बदली भइ अधिकांश स्थानमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानहरुमा मेघगर्जनसहित ठूलो पानी पर्नेे र केही स्थानमा भने धेरै ठूलो पानी पर्ने संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै शुक्रबार राति पनि देशभरको मौसममा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने संभावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: