नेपालमा सलह किरा भित्रियो, प्रजाति पहिचान गर्न र व्यवस्थानका लागि विज्ञसहितको टोली छलफलमा

Share:

काठमाडौँ । नेपालमा सलह किरा भित्रिएको छ । शनिबार बिहान बाराको निजगढ, पर्सा र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।

अहिले सलह किरा करिब १० हजारको झुण्डमा देखिएको जनाइएको छ । सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानको उपाय खोज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: