पोखराका ५ जनासहित गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ५ जनासहित गण्डकी प्रदेशमा थप १६ जना नयाँ कोरोना ९कोभिड–१९० संक्रमित थपिएका छन् ।

शनिबार साँझ कास्की पोखरा महानगरका ५ जना महिलासहित स्याङ्जा जिल्लाका ५ जना पुरुष र नवलपुरका ३ जना पुरुष तथा ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरका ३०, ३३, ३५, ३७ र ४० बर्षीया ५ महिलामा कोरोना देखिएको हो ।

यस्तै स्याङ्जाको भिरकोट गाउँपालिकाका ३७ र ५३ वर्षका २ पुरुष तथा गल्याङ नगरपालिकाका १७, २७ र ४२ वर्षका ३ पुरुष र नवलपुरको देवचुली नगरपालिकाका ३१, ३२ र ३२ वर्षका ३ पुरुष तथा २२, ३४ र २५ वर्षका ३ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: