
पोखरा । गण्डकी प्रदेशमा शनिबार बेलुका थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा शनिबार मात्रै संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार शनिबार बेलुका बागलुङका २५ पुरुष तथा २ महिला, तनहुँका ३ जना पुरुष तथा ३ महिला र पर्वतका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार उनिहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यसअघी आजै शनिबार बिहान प्रदेशका ३२ जना र दिउँसो थप १६ जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ८८ पुगेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्

