आज थप ४६३ जनामा कोरोना संक्रमण, १७९ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ४६३ जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०५ जना महिला र ३५८ जना पुरुष गरी ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना, सर्लाहीका १ जना, सिन्धुपाल्चोकका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बाग्लुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना, रुकुम पश्चिमका १ जना, कैलालीका १७ जना, डोटीका १३ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ।

देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।

थप १७९ जना कोरोना संक्रमणमुक्त

यस्तै थप १७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना पुरुष गरी १७९ जना निको भएका हुन्।

योसहित नेपालमा हालसम्म ३ हजार १३ जना उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: