
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या एक करोड नाघेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वभर १ करोड १ लाख १४ हजार ७ सय २६ जनामा संक्रमण देखिएको छ। यस्तै विश्वभर ५ लाख १ हजार २ सय ६ जना संक्रमितको मृत्यु भएको छ भने विश्वभर ५१ लाख २३ हजार ३ सय १२ जना संक्रमणमुक्त भएका छन्।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमित संख्या २५ लाख ४४ हजार ४ सय १८ पुगेको छ । त्यहाँ १ लाख २५ हजार ७ सय ६८ को संक्रमणबाट मृत्यु भैसकेको छ ।
त्यस्तै, ब्राजिलमा १३ लाख ४४ हजार १ सय ४३ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५७ हजार ६ सय २२ को संक्रमणबाट मृत्यु भइसकेको छ । रुसमा संक्रमित संख्या ६ लाख ३३ हजार ५ सय ६३ पुगेको छ । त्यहाँ ९ हजार ६० जनाको मृत्यु भएको छ ।
यता भारतमा ५ लाख २८ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ भने १६ हजार ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
