
काठमाडौँ । नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७१ जना महिला र २४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ थपिएका संक्रमितहरुमा सप्तरीका २५ जना, सिराहाका १० जना, उदयपुरका २ जना, झापाका ५ जना, सुनसरीका २ जना, सङ्खुवासभाका ३ जना, धनुषाका ३ जना, रौतहटका ७ जना, महोत्तरीका २९ जना, अछामका २८जना, बाजुराका ५१ जना, काठमाडौँका १२ जना, गुल्मीका १ जना, सिन्धुपाल्चोकका २ जना, सर्लाहीका ८ जना, भक्तपुरका १ जना रहेका छन् ।
स्याङ्जाका ४ जना, गोरखाका १ जना, बाग्लुङका १ जना, म्याग्दीका १ जना, कास्कीका ९ जना, लम्जुङका ३ जना, तनहुँका ६ जना, डडेलधुरका ३ जना, ललितपुरका १ जना, डोटीका ३० जना, बैतडीका ४ जना, अर्घाखाँचीका ७ जना, पाल्पाका १८ जना, सल्यानका २ जना, दाङका २१ जना, रुकुम पश्चिमका ८ जना, बाँकेका १ जना, दैलेखका ३ जना, कैलालीका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाटा २९ जनाकोमृत्यु भइसकेको छ ।
थप ६० जना कोरोना संक्रमणमुक्त
यस्तै पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको हो।
पछिल्लो पटक ९ महिला र ५१ जना पुरुष गरी ६० जना निको भएका हुन्।
निको हुनेमा जुम्लाबाट १ जना, बाँकेबाट १ जना, सर्लाहीबाट १५ जना, सप्तरीबाट १५ जना, पर्साबाट २ जना, महोत्तरीबाट ४ जना, झापाबाट ६ जना, मोरङबाट १३ जना, पाँचथरबाट १ जना, सुनसरीबाट २ जना छन् ।
योसहित नेपालमा हालसम्म ३ हजार १६४ जना उपचारपछि निको भएका छन्।
