
काठमाडौँ । विश्वमा कोरोना (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख ३४ हजार ८ सय ३५ पुगेको छ । यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ७ सय ७९ पुगेको छ भने ५३ लाख २२ हजार ७ सय ८५ जना भने उपचार पछि निको भएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जना संक्रमितको भएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या पनि १ लाख २७ हजार ३ सय २२ पुगेको छ।
यस्तै ब्राजिलमा संक्रमितको संख्या १४ लाख २ हजार ४१ पुगेको छ । त्यहाँ ५९ लाख ५ सय ९४ संक्रमितको मृत्यु भएको छ। रुसमा ६ लाख ४६ हजार ९ सय २९ संक्रमित छन् भने ९ हजार ३ सय ६ संक्रमितको मृत्यु भएको छ ।
यता भारतमा संक्रमित संखया ५ लाख ६६ हजार ८ सय ४० पुगेको छ भने १६ हजार ८ सय ९३ संक्रमितको मृत्यु भएको छ । बेलायतमा संक्रमित संख्या ३ लाख १४ हजार १ सय ६० पुगेको छ भने ४३ हजार ८ सय १५ संक्रमितको मृत्यु भएको छ।
