थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०९ जना महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। ती मध्य १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष छन् ।

नेपालमा हालसम्म ३१ कोरोना संक्रमितको मृत्यु भएकोे छ।

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ६६४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका जनाइएको छ । योसँगै अहिलेसम्म पाँच हजार ३२० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।

हाल देशभर ३८ हजार १०९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । १० हजार १३७ जना ‘आइसोलेसन’मा रहेका छन् ।

पछिल्लो २४ घन्टामा चार हजार ५३७ ओटा पीसीआर परीक्षण भएको छ । अहिलेसम्म दुई लाख ३३ हजार ७ सय ६४ ओटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: