नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ  । नेपालमा थप एक कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । काठमाडौंको नयाँ बानेश्वरका एक ८५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी थिए। छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि उनी काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

उपचारको क्रममा उनको असार १७ गते राति ११ बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: