गोरखामा एक कोरोना संक्रमितको मृत्यु

Share:

गोरखा । गोरखा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन् ।

उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । उनी डाइबिटीजको दीर्घरोगीसमेत रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको जनाइएको छ । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए ।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: