नेकपाको स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

417
0
Share:

काठमाडौँ । आज बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बैठक असार २२ गते सोमबार बस्नेछ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरुले बताएका छन् ।
शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार ३ घण्टा छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि विवाद झनै बढेको छ।

स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा छन् । तर, प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: