
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड १२ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १२ लाख ४० हजार ९ सय ४३ पुगेको छ । यस्तै विश्वमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार १ सय ३७ पुगेको छ भने निको हुनेको संख्या ६० लाख ४४ हजार ५ सय ८५ पुगेको छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २८ लाख ३६ हजार ७ सय ६४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २९ हजार ६ सय ५७ पुगेको छ।
यस्तै, ब्राजिलमा १५ लाख ३९ हजार ८१ संक्रमित छन् भने ६३ हजार १ सय ७४ मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ६ लाख ७३ हजार ५ सय ६४ पुगेको छ भने १० हजार ११ संक्रमितको मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या ६ लाख ४८ हजार ३ सय १५ पुगेको छ भने १८ हजार ६ सय ५५ संक्रमितको मृत्यु भइसकेको छ।
