थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना, डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मोरङ, कपिलवस्तु, रुपन्देही, ताप्लेजुङ, झापा, तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जना, पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ। हालसम्म ३५ जना संक्रमितको भने मृत्यु भएको छ ।

थप १३२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म ६ हजार ५ सय ४७ जना उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: