निलगगन विकास समाजद्वारा डष्टविन र वातावरणमैत्री झोला वितरण

Share:

पोखरा । फेवाताको मुहान हर्पनको निलगगन विकास समाजले डष्टविन र वातावरणमैत्री झोला वितरण गरेको छ । आइतबार हर्पनमा आयोजित कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा समाजले पोखरा २३ हर्पनमा डष्टविन वितरण गरेको हो ।

हर्पनका ८ वटा टोल, पोखरा महानगरपालिकाले हर्पन खोलामा बनाएको शिल्टेसन ड्याममा हुने फोहोरमैला ब्यवथापन गर्न ४० वटा डष्टविन र वातावरणमैत्री झोला वितरण गरेको छ । कार्यक्रममा बोल्दै उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा महानगरलाई ग्रिन सिटि, क्लिन सिटि बनाउने गरी कार्यक्रम ल्याएको बताउदै प्रकृतिको संरक्षणका लागि निलगगनको अभियान सकरात्मक हुने बताइन् । उनले वातावरण सफा र स्वच्छ राख्नुपर्ने बताउदै वितरण गरिएका डष्टविन र झोलाको उपयोगमा ल्याउन समेत आग्रह गरिन् ।

समाजले एक घर दुई वातावरणमैत्री झोला वितरण गरेको अध्यक्ष बैकुण्ठप्रसाद पौडेलले बताए । डष्टविन पोखरा महानगरपालिका र वातावरणमैत्री झोला जिल्ला बन कार्यालय कास्कीले सहयोग गरेको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा वडा नम्वर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुली, वडा सदस्य गीता क्षेत्री, समाजसेवी बाबुराम पौडेल, सुकबहादुर क्षेत्री, हरीभक्त पौडेल, निलगगनका पूर्व अध्यक्ष युवराज पौडेल, प्रभावकारी महिला सहकारीका पूर्व अध्यक्ष लोककुमारी क्षेत्री, हर्पन टोल विकास संस्थाका संयोजक ज्ञानबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: