इन्सेकद्वारा स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान

Share:

पोखरा । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराले तनहुँको भानु नगरपालिका, बन्दिपुर गाउँ पालिका र कास्की जिल्लाको रुपा गाउपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले ०७७ असार २१ गते उक्त स्वास्थ्य सामाग्री उक्त तीन स्थानीय तहलाई हस्तान्तरण गरे ।

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापालाई, भानु नगरपालिकाका उप प्रमुख आशा थापा र कास्की जिल्लाको रूपा गाँउपालिकाका अध्यक्ष नवराज ओझालाई ती सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । इन्सेकले २/२ थान थर्मल गन, १/१ लिटर स्यानिटाईजर र ५००/५०० सय थान मास्क उपलब्ध गराएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक खकुरेलले कोभिड-१९ को जोखिमपूर्ण अवस्थामा नागरिकलाई स्वास्थ्य प्रति संवेदनशील बनाउन सामाग्रीहरु उपलब्ध गराईएको बताए । उक्त दुई स्थानीय तहमा इन्सेकले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार कार्यान्वयनको लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना सन्चालन गरिएको र स्वास्थ्य अधिकार अन्तर्गत जनताको स्वास्थ्यको अधिकार कार्यान्वयन गराउन उक्त सामाग्री उपलब्ध गराईएको खकुरेलले बताए ।

सो अवसरमा बोल्दै भानु नपाकी उपमेयर आशा थापा र बन्दिपुर गाउँ पालिकाका अध्यक्ष पुर्णसिंह थापाले अहिलेको जोखिमपुर्ण समयमा स्वास्थ्य सामाग्री उपलब्ध गरेर इन्सेकले निकै सरहानीय कार्य गरेको बताए । कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका अधिकृत सवनम शर्मा, सुपरिवेक्षक मधु पन्थी, स्थानीय सहजकताहरु सुनिता आचार्य र तिर्सना तिमिल्सीनाको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: