आज पनि नेकपा स्थायी कमिटि बैठकअघि दुई अध्यक्षबीच छलफल हुने

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्दैछ। बैठकअघि आज पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि छलफल हुने जनाइएको छ।

पार्टीभित्र संकट गहिरिएसँगै सहमति खोज्ने क्रममा शुक्रबार दुई अध्यक्षबीच ३ घण्टा वार्ता भए पनि निष्कर्षविहीन भएपछि शनिबार बोलाइएको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको थियो।

यस्तै आइतबार दुवै अध्यक्षबीच आ–आफ्ना निकटस्थहरुको उपस्थितिमा डेढ घण्टा वार्ता भएको थियो। आइतबारको वार्ताले सहमति खोज्न अनौपचारिक रुपमा ४ सदस्यीय कार्यदल बनाएको छ।

कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा छन्।

कमेन्ट गर्नुहोस्
Share: