मौसम : देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने

Share:

काठमाडौँ । आज (मंगलबार) देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेका कारण मौसम बदली भएको हो ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ । यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

दिउँसो देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

यस्तै आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभजनाइएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: