
पोखरा । पोखरा महानगरका ४ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो पोखरा महानगरका ३ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यस्तै गोरखामा १ पुरुष र १ महिला, लमजुङका ५ पुरुष, नवलपरासीका ४ पुरुष, बाग्लुङ र म्याग्दीका २,२ पुरुष तथा तनहुँका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । संक्रमित मध्य ३ सय ८६ जना भने संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

